अनुस्मालाई इजिप्टमा मिस इको एसिया उपाधि

Written by Artist Sansar

मिस इको इन्टरनेसनल नेपाल अनुस्मा रायमाझीले इजिप्टमा सम्पन्न मिस इको इन्टरनेसनल–२०२१मा मिस इको एसिया टाइटल जितेकी छिन्।

प्रतियोगितामाशीर्षपछि सबैभन्दा महवपूर्ण मानिएको यो उपाधि नेपालभित्रिनु राष्ट्रका लागि महवपूर्ण उपलब्धिभएको उनले दाबीगरिन्। प्रतियोगिता मार्फत आफूले देशलाई समेत चिनाउन सफलभएको उनको भनाइथियो। ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलावा विभिन्न कला संस्कृतिले भरिएको राष्ट्रका रूपमा चिनाएँ।’ –रायमाझीले भनिन्।

राजधानीमाआयोजित भेटघाट कार्यक्रममापूर्वमिस इको इन्टरनेसनल नेपालतथामिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले मिस इको एसियाताज नेपाललाई दिलाएर महŒवपूर्ण उपलब्धिहासिल गरेको बताइन्। मिस इको इन्टरनेसनल नेपाल–२०१८कीविजेतामौनतालामाले समेत प्रतियोगिताको विषयमाआफ्नो धारणा राखेको कार्यक्रममामिस इकोकालागिअधिकार प्राप्त नेपाली संस्थाग्रीन आर्ट मिडियाले रायमाझीलाई बधाइ ज्ञापन गरेको थियो। विभिन्न ६० बढी देशकाइको सुन्दरीको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजनाभएको थियो।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन्। प्रतियोगिताका लागि आवश्यक विभिन्न प्रशिक्षण अनिलाश्रेष्ठले दिएकीथिइन्। मिस इको इन्टरनेसनल अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिताहो। प्रतियोगिता एलटीसीपी अर्गनाइजेसनले ब्युटी फर इकोजागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि शुरू गरेको हो।

About the author

Artist Sansar