अजयको सातौं एल्बम भनिदिने रहर’ सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

कलाकार अजय अधिकारी ‘सुशिल’को ‘भनिदिने रहर’ एल्बम सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच कलाकार अजयको उक्त एल्मब बिमोचन भएको हो । ‘भनिदिने रहर’ उनको सातौं एल्बम हो ।

म्युजिक भिडियो सहितको एल्बममा युवा पुस्ताबीचको मायाप्रेम समेटिएका गीत रहेका छन् । कलाकार अजयले मन परेको मान्छेलाई गीतमार्फत प्रस्ताव राख्दै गाएका छन् । जन्मदिनको अवसर पारेर मंसिर ३ गते एल्बम सार्वजनिक गर्दै आएका अजयले प्राविधिक कारणले यस पटक ढिला भएको बताए ।

अजयले यसअघि ‘रहर’, ‘फेरि अर्को रहर’, ‘मनको रहर’, ‘यो कस्तो रहर’, ‘दसैं तिहार’ र तिज गीत ‘पानी नखाई बस्नै पर्दैन्’ ६ वटा एल्बम बजारमा ल्याइसकेका छन् । आफुले रहरले कलाकारिता क्षेत्रमा आएको हुँदा एल्बममा ‘रहर’ जोड्ने गरेको कलाकार अजयले बताए । कलाकार अजयले सन्देशमूलक गीत गाउँदै आएका छन् । यस पटकचाँही मन परेको मान्छेलाई भन्न नसकेको कुरा गीतबाट व्यक्त गरिदिएका छन् । उनले फिल्म, म्युजिक भिडियो, विज्ञापनमा अभिनय समेत गर्दै आएका छन् ।

एल्बममा समावेश गीतमा शब्द, संगीत, स्वर अजयको छ । युगल गीतमा महिला स्वर समिक्षा बस्नेतको रहेको छ । गीतमा र्याप्पर निर्णय श्रेष्ठले पनि साथ दिएका छन् । ‘भनौं नभनौं’ गीतको म्युजिक भिडियोमा रेश मराठा, रिमा विश्वकर्मा, उरूसा जोशीको अभिनय रहेको छ । भाईब्जको नृत्य रहेको म्युजिक भिडियोका निर्देशन निर्णय श्रेष्ठले गरेका हुन् । रविन शायमीले खिचेको भिडियो उनी ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।