नेपाली सिनेमामा एडल्ट श्रेणीको लस्कर

Written by Artist Sansar

आर्टिस्ट नेपाल । पछिल्लो समय बोल्ड सिन राखेर हल्लाखल्ला मच्चाएमा फिल्म चल्छ भन्ने मान्यताले एडल्ट श्रेणीमा नेपाली फिल्म बन्ने लस्कर लागेको छ । उकेश दाहालले निकै कम लगानीमा पल पल सिनेमा बनाएर चर्चामा आएपछि उनि पुन: अर्को एडल्ट सिनेमा किन किनको निर्माणमा हौसिए ।

लुट फिल्म देखि सुरु भएको अश्लील शब्द, चपली हाइटसम्म आइपुग्दा अर्धनग्न र अश्लील शब्दको बाढीनै आयो । अहिले यी चलचित्र लाई पछार्ने गरि अश्लील शब्द, र भल्गर दृश्य चलचित्रमा राख्न थालिएको छ ।

करिब १० महिना अगाडी नै सुटिङ सकिएको नेपाली सिनमा चन्द्रावतिलाई प्रेम र युद्धको बारेमा बनेको फिल्म भनेर चर्चा गरिएको थियो । त्यो समयमा एडल्स सर्टिफिकेटको केही कुरा नै थिएन् । चपली हाइट र पलपलमा भन्ने चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएकै भरमा बढी पैसा कमाए भन्ने सोचमा परेका केही नेपाली निर्देशकहरुले यसमा फेरी केही बोल्ड सिनहरु थप्न लागेका छन् ।

एडल्ट सर्टिफिकेट प्राप्त अर्को सिनेमा ‘नाइट क्विन’ मा सेक्स र डान्सबारमा काम गर्ने युवतीको कथालाई चित्रण गरिएको छ भने द लास्ट किस पनि अर्को एडल्ट चलचित्र हो । जसमा ग्ल्यामरको नाममा भल्गर दृश्य या सम्बादलाई प्रथामिकता दिइएको छ । त्यस्तै एटिएम नामक अर्को चलचित्र भारतीय सी ग्रेडको चलचित्रमा देख्न पाईने दृश्य सम्बाद समाबेश गरिएको छ । यस्ता चलचित्रले सिने उद्योगमा कुनै टेवा त पुर्यौदैनन नै ! नेपाली सिनेमामा संग्लग्न कलाकर्मीको भ्यालु पनि आम दर्शकमा अर्कै पर्न जाने देखिन्छ ।

About the author

Artist Sansar