फिल्ममा ‘द्रौपदी’ मार्फत डेब्यू गरेकी मोडल आश्वीनी शाही (तस्वीर)

आर्टिस्ट नेपाल। आश्वीनी शाही नेपाली फिल्म उद्योगमा नयाँ अनुहार हुन्। सौन्दर्य प्रतियोगिता, थिएटर हुँदै २ दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी हुम्लाकी आश्वीनी शाहीले चलचित्र क्षेत्रमा पनि डेब्यु गरेकी छिन । उनले ऋषि राज आचार्य निर्देशित सिनेमा ‘द्रौपदी’बाट नायिकाको रुपमा प्रवेश गरेकी हुन् ।

करिब ४ सय जना आवेदकहरु मध्येबाट ‘द्रौपदी’को भूमिकाका लागि चलचित्र निर्माण टोलीले उनलाई छनौट गरेका थिए ।

सामाजिक संजालमा पनि राम्रो प्रशंसक पाएकी आश्विनी शाही आफ्नो मोडलिङ्ग यात्रा भने आर्टिस्ट नेपाल मार्फत सुरु गरेकी हुन्। उनले अभिनय गरेका केही प्रमुख म्युजिक भिडियोहरूमा “तिमी बिना”, “माया लुकाउन खोज्दा”, र “तिमीलाई हेरेर” समावेश छन्। “द्रौपदी” चलचित्रमा उनले रबि ओड, सुजाता तिमल्सिना, कबिराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी लगायतका कलाकारहरूसँग काम गरेकी छिन्। ‘द्रौपदी’ सिनेमाको गीत “कर्णाली काटौला”, ट्रिजर र पोस्टरहरुले सामाजिक संजालमा चर्चा पाईसहेका छन्।

आश्विनी शाहीको अभिनय कौशल र मोडलिङ्ग क्षमताले उनलाई नेपाली मनोरञ्जन क्षेत्रमा एक प्रमुख स्थान दिलाएको छ।

Categories:

,

Tags: