मिस हिमालयन पेजेन्टको ट्यालेन्ट शो सम्पन्न,फिनाले भाद्र ८ गते

https://artistnepal.com/

https://artistnepal.com/

"

हिमालय पेजेन्टको आयोजनामा मिस हिमालयन पेजेन्ट २०१८ को ट्यालेन्ट शो सम्पन्न भएको छ । भक्तपुर स्थित थापा बैंकेटमा सम्पन्न ट्यालेन्ट शोमा प्रतिस्प्रधाका लागि नेपालभरबाट छनौट भएका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डल र उपस्थित दर्शकहरुको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । यस् शोबाट बिजेता हुने मिस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ। उक्त ट्यालेन्ट शोमा सर्वप्रतिक श्रेष्ठ,अन्जला श्रेष्ठ,राज लुईटेल, राज पाण्डे तथा बिजय घिसिङ्ग निर्णायक मण्डलमा रहेका थिए ।


उक्त प्रतियोगीताका लागी नेपालभरबाट छानिएका अस्मिता तामाङ्ग, अनिषा घिसिङ्ग, सुक्रानी योन्जन, विमिता खत्री, सविता नगरखुशी, अनिता लाखे, सुजाता देउजा, रन्जना जैसी, अन्जना ज्योती, उषा अधिकारी र अन्जु पाण्डे अन्तिम प्रतिस्पर्धामा छन ।
प्रतियोगिताको आगामी भाद्र ८ गते जमल स्थित राष्ट्रिय नाचघरमा फिनाले हुने आयोजक संस्थाकी अध्यक्ष तथा व्युटिसियन अप्सरा नेवा राईले बताइन ।
अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसरहरु प्राप्त गर्न सक्नेछन् । प्रतियोगीताको कोरियोग्राफी अन्जला श्रेष्ठले गरेकी छिन् ।