नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जिते

Written by Artist Sansar

काठमाडौँ  : नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो । एघार जना अन्य प्रतिश्प्रर्धिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छन, भने फर्स्ट रनरअपमा अलिना ब्लोन र सेकेण्ड रनरअपमा रितु श्रेष्ठले उपाधी हात पार्न सफल भएकी थिइन् भने मस्ट पपुलरमा जेनिशा श्रेष्ठले उपाधी जित्न सफल भएकी थिइन् । त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रर्धिलाइ उछिन्दै भाइचुङ राइ बिजेता बनेका छन भने फर्स्ट रनरअप सागर कार्की र सेकेन्ड रनरअप सनदेस ले उपाधी हात पार्न भएका छन ।

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्म बिश्वासलाइ थप मजबुत बनाइ उनीहरुको आत्मबललाई उजागर गराउने कार्य गरेको निर्देशक सुजन रिमालले बताए ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अन्तिम प्रतिश्प्रर्धा प्रमुख अतिथी एवं मिस नेपाल आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने डा. सुशिला मल्ल, संचारकर्मी गीता अधिकारी, चलचित्र निर्देशक राजु केसी र सर्वोच्च अदालतका संचार विज्ञ एवं संचारकर्मी किशोर पौडेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए, भने सोही कार्यक्रमको अवसर पारेर लामो समयदेखि विभिन्न क्षेत्रका चार जना वरिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । नेपाली चलचित्रका ग्राफिक्स डिजाईनर एवं नेपाली मुद्रा डिजाईनर सुन्दरलाल श्रेष्ठ, संचारकर्मी राज लुईटेल, ईभेन्ट आयोजक एवं संचारकर्मी आरके सुवेदी तथा युवा व्यबसायी प्रियंका बोथरा सम्मानित भएका थिए । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथीले सम्मानित गरेका थिए ।

कोरियोग्राफर दिवस भट्टराइले कोरियोग्राफ्री गरेका “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८” सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिले आयोजना गरेको थियो कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपालका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन ।

About the author

Artist Sansar