‘मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल २०१८’को उपाधी हेली तथा नम्रतालाई

https://artistnepal.com/

https://artistnepal.com/

"

मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन ।

बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलका दुवै विजेताहरुले उपाधी सहित भेष्पा स्कुटर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए , भने उपाधी विजेताहरुले अमेरिका तथा अष्टेलियाको प्रतियोगितामा प्रतिनिधित्व गर्ने बिश्व मिडियाका सिइओ बिक्रान्त पौडेलले जानकारी दिए ।

कार्यक्रको मुख्य आकर्षण प्रतिस्पर्धीमध्ये एक जना लक्की विजेता सुशीला थापाले सुजुकी सेलेरियो कार जितेकी थिईन । उनले कारसंगै मिसेस तर्फको सेकेण्ड रनरअपको उपाधी समेत हात पार्न सफल भईन । फस्ट रनरअपको उपाधी भने राधिका केसीले हात पारेकी थिईन ।

त्यसै गरि मिस तर्फका फस्ट रनरअपमा आकृति पाठक सेकेण्ड रनरअपमा रोशीना थापा, थर्ड रनरअपमा रोजिना चौहना भईन भने मस्ट पपुलरको उपाधी विनिता कार्कीले हात पार्न सफल भईन ।

नेपाल अधिराज्यभरबाट छनौट भएका ३१ जना प्रतिस्पर्धीहरुले १ महिना लामो प्रशिक्षण पश्चात
गत असार २ गते आर्मी अफिसर्स क्लब, सुन्धारामा भएको ग्राण्ड फिनालेमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका लागि अनुप सक्सेना, सोनी खड्का, रुक्सा श्रेष्ठ तथा सनी सिंहले निणार्यक भूमिका निर्वाह गरेका थिए ।

पृथक सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको बिश्व मिडियाले बिवाहित महिला तथा युवतीहरुको प्रतिभा निखार्ने तथा उनीहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गरिएको बिश्व मिडियाका प्रबन्ध निर्देशक त्रिज्ञा भेलेले बताईन ।
सनिष शाक्यको कोरियोग्राफीमा राज प्रतिलले प्रतियोगीताको व्यबस्थापकिय जिम्मेवारी सम्हालेका थिए । काष्ठमण्डप टेलिभिजनबाट प्रतियोगीताको प्रत्यक्ष प्रसारण भएको थियो ।