राजेश पायल र जुनु गौतमको “मिठो मिठो प्रित बस्यो” गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न

Written by ArtistNepal News

चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको सुमुधुर आवाजमा रहेको “मिठो मिठो प्रित बस्यो” बोलको गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । येशु थापा (यशोदा थापा)को उत्कृष्ट रचनामा ,तयार भएको गीतलाई एमोस तामाङ्गले ऐरेन्ज गर्नुभएको छ भने अनिष श्रेष्ठले संगीत दिनुभएको छ । नृत्य निर्देशक संघ नेपाल को निर्माण तथा संघका उपाध्यक्ष तथा चर्चित निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गर्नु भएको छ ।

सिन्धुलीको खुर्कोट लगायतका वरपरका मनोरम स्थानहरुमा छायांकन गरिएको भिडियोलाई शिव ढकालले छायांकन गर्नुभएको छ मेकअपमा सन्तु तामाङ्ग रहनु भएको थियो भने सम्पादन प्रविण श्रेष्ठको रहने र भिडियो अर्को साता सार्वजनिक गरिने जानकारी निर्देशक श्रेष्ठले दिनुभएको छ । निर्देशक श्रेष्ठले ६ दर्जन बढी को हाराहारीमा उत्कृष्ट भिडियो निर्देशन गरिसकेका छन भने ८० भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन । भिडियोमा चर्चित नायिका अनु शाह तथा मोडल एवं कराते खेलाडी चन्द्र पुलामीको अभिनय रहेको छ । बहुप्रतिभाशाली मोडल पुलामी करातेका थर्ड डन प्राप्त खेलाडी तथा राष्ट्रियस्तरको रेफ्री हुनुहुन्छ । करीव २ दर्जन बढी स्वर्ण पदक विजेता पुलामी व्यबसायमा पनि उतिकै सक्रिय रहदै आउनुभएको छ । ४ वर्षदेखि मोडलिङ्ग क्षेत्रमा लागेर थुप्रै म्यूजिक भिडियोमा अभिनय गर्नुभएका मोडल पुलामी समाजसेवामा समेत उतिकै लागी पर्दै आउनुभएको छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।