अन्तराष्ट्रियस्तरको प्रतियोगिता “मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल”को ग्राण्ड फिनाले असार २ गते आर्मी अफिसर्स क्लबमा हुदै

Written by Artist Sansar

बिश्व मिडियाको आयोजनामा बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको टैलेन्ट राउण्ड ललितपूरको ग्वार्कोस्थित १९९ व्याकेंटमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका ३१ जना प्रतिस्पर्धीहरुले १ महिना लामो प्रशिक्षण पश्चात नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी शनिवार २ गते आर्मी अफिसर्स क्लब, सुन्धारामा सम्पन्न हुने जानकारी मिडियाका प्रबन्ध निर्देशक त्रिज्ञा भेलेले जानकारी दिईन । लगनशील  तथा उत्कृष्ट व्यबस्थापकको रुपमा चिनिएकी त्रिज्ञाले यस प्रतियोगिताका लागि सिईओ बिक्रान्तसंगको सहकार्यमा प्रतियोगीता अन्तराष्ट्रिय स्तरको हुनेमा आशावादी छिन ।

प्रतियोगीहरुले अन्तिम प्रतिस्पर्धाका लागि नेपालका प्रतिष्ठित एवं चर्चित विशेषज्ञ तथा प्रशिक्षकबाट संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । प्रतियोगितामा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस व्यवस्थापन र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङ्गको ज्ञान प्रदान गरिरहेको छ ।

पृथक सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको बिश्व मिडियाले बिवाहित महिला तथा युवतीहरुको प्रतिभा निखार्ने तथा उनीहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गर्न लागिएको बिश्व मिडियाका प्रमुख अधिकृत अधिकृत बिक्रान्त पौडेलले जानकारी दिए । प्रतियोगिताको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

About the author

Artist Sansar