Latest Nepal Vedios Music News

“सलाम भान्जी सलाम” भन्दै आए कुमार न्यौपाने (भिडियो सहित)

गायक कुमार न्यौपाने र गायिका पवित्रा गुरुङको आवाज रहेको लोकपप गीत “सलाम भान्जी सलाम”युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतकार रामप्रसाद न्यौपानेको लय तथा शब्द रहेको गीतको भिडियोमा गायक कुमार न्यौपाने, मोडल बबिना पौडेल र डान्स ग्रुप बिशाल एण्ड ग्रुपको अभिनय रहेको छ । विकास श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन प्रदिप गुरुङले गरेका छन् । भिडियोलाई साईराम पिक्चर्सले निर्माण गरको छ ।

“ढाका टोपी मैलो धुने बैनी घर गई ” , “उनलाई मैले पाउनै पर्छ ” जस्ता जुलुश लगायत चर्चित गीतहरु गाएर लोकप्रिय बनेका न्यौपाने समसामयिक विषयका विकृति, विसंगति विरुद्ध व्यग्ंयात्मक रुपमा गीतहरु श्रृजना गरि गायनका माध्यमबाट जनचेतना फैलाउदै आएका छन् । ठेट नेपाली भाषामा भिन्न शैलीका गीतहरु श्रृजना गरि मनोरन्जनात्मक ढंगबाट गीत गाएर उनले फरक पहिचान बनाएका छन ।
गायक एवं संचारकर्मी न्यौपाने गीतका अलावा उनले निर्माण गरेका सयौ विज्ञापन, डकुमेन्ट्री तथा हजारौ रेडियो जिङ्गल समेत चर्चित रहेका छन ।

सार्वजनिक  भिडियो :