मिस स्कुवा नेपाल २०१८ को तयारी तिव्र, जेष्ठ १९ मा अडिसन

Written by Artist Sansar

लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू सफलता पूर्वक आयोजना गरिरहेको मोडल सङ्गस नेपाल प्रालिले मिस स्कुबा नेपाल २०१८ को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एवम् अन्तराष्टि«य स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने प्रालिका प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्ये बिजेतालाई मलेशियामा आयोजना हुने मिस इस्कुबा इन्टरनेशनल २०१८ मा सहभागिता जनाउन अवसर प्रदान गरिने छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली नागरिकता भएका ,१७ देखि २८ बर्ष सम्मका , ५.२ इन्च भन्दा माथि उचाइ भएका , सामान्य अङ्रेजी भाषामा कुराकानी गर्न सक्षम , स्वास्थमा तन्दुरूस्त, अविवाहित महिलाले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने कुरा आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले मलेशियामा हुने मिस इस्कुबा इन्टरनेशनल २०१८ मा स्वत सहभागिता जनाउन सक्नेछन यसका अलवा नगद पुरस्कार सहित चलचित्र , म्युजिक भिडियो , मिडियामा अन्तरवार्ता आदीमा सहभागिता गराइने छ ।
यश प्रतियोगिताको अडिसन जेठ १९ गते रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वरमा हुने छ ।
आफुमा कला कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका र उचित मूल्याङ्कन नहुदा आफूलाई एक्सपोज गर्न सक्षम नभएका, उनिहरूको क्षमतालाई अभिवृद्दि गर्दै समाजमा सकरात्मक संदेश फैलाउदै नेपाली कला नगरिमा सक्षम र क्षमतावान जनसक्ति उत्पादन गरि समायोजन गर्न यो प्रतियोगिता सहयोगी सिद्द हुने कुरा यश प्रतियोगिताका आयोजक सदस्य दिवस भट्टराइले बताएका छन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ,  आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, सेल्फ मेकअप क्लास, सहित विभिन्न सामाजिक गतिविधीमा समेत सहभागि गराइने जनाइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगीहरूले ओमनिया ब्(९७ भुई तल्ला वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर ( ०१-४११७१४२), ओमनिया N-२४ भुइ तला सिटी सेन्टर कमलपोखरी (०१-४०११५२३), योङ फरेभर पसल न २०२ पिपुल्स प्लाजा न्युरोड ( ०१-४१५७५९५) र रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वर काठमाण्डौ ( ९८५१२२७७६५ ) पेजेन्ट नेपाल न्यू प्लाजा सडक ( ९८४७५९३००९) मा सम्पर्क गरि वा सोझै माथि उल्लेखित स्थानमा गई फारम भर्न सकिने कुरा यश प्रतियोगिताको आयोजना गर्न लागेको कम्पनिका प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले जानकारी गराएका छन् ।

About the author

Artist Sansar