गायिका सरु गौतमको ‘कुन गित गाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक

Written by Artist Sansar

नेपाली सांगीतिक क्षेत्रकी पछिल्लो समय चर्चामा रहेकी गायिका सरु गौतमले आफ्नो जन्मदिनको अवसरमा ‘कुन गित गाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

तारा पराजुलीको शब्द तथा भीम बीसीको संगीत रहेको उक्त गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ । गीतको भिडियोमा चर्चित नायिका संचिता लुइटेल तथा चर्चित मोडल नयन डिसीको अभिनय देख्न सकिन्छ ।

30688732_1389468087865557_5515907134780412887_n

डिसीका यसअघि का थुप्रै भिडियोमा अभिनय गरेर सफल मोडलको रुपमा स्थापित भैसकेका मोडल हुन । उनको एक पछि अर्को भिडियो सार्वजनिक हुने क्रममा यो भिडियोको निर्देशन भने स्वयंले गरेका छन ।

भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् ।

भिडियो हेर्नुहोस्

About the author

Artist Sansar