“चुडी लग्यौ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक

Written by Artist Sansar

नृत्य निर्देशक संघ नेपालको निर्माण तथा संघकै उपाध्यक्ष एवं चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठ निर्देशित “चुडी लग्यौ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजसागरको स्वर तथा संगीत रहेको उक्त गीतको ऐरन्ज रिकेश गुरुङ्गको र शव्द यशु थापाको रहेको छ ।

गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी वरपरका मनोरम स्थलहरुमा छायांकन भएको गीतको म्यूजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन भने मेक अप निर्मला आचार्य रहेको छ । बिष्णुहरि तिमल्सिनाले सम्पादन गरेको भिडियोमा मोडल रेनु लामा, सन्दिप गुरुङ्ग तथा प्रकाश सूवेदीको अभिनय रहेको छ

थुप्रै चलचित्रमा डान्स कोरियोग्राफी गरेर चर्चा कमाएका सफल निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडीयोहरु लोकप्रिय हुने गरेका छन ।

भिडियो :

About the author

Artist Sansar