तृष्णाले पाएकी थिईन जन्मदिनमा उपहार मृगतृष्णा

चर्चित फेसन डिजाइनर तथा मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तृष्णा गुरुङले आफ्नो जन्मदिन तथा मृगतृष्णा फेशन हाउसको नवौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरिन । मोडलिङ्ग क्षेत्रका चर्चित तथा स्थापित कलाकारहरुको पहिलो रोजाईमा पर्ने लोकप्रिय एवं चर्चित डिजाईनर तृष्णा गुरुङ्गले संचालन गरेको महाराजगंजस्थित ,शितल निवास नजिकै रहेको मृगतृष्णा फेशन फेशन हाउसमै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरु, मोडल, कलाकार एवं डिजाईनर गुरुङ्गका आफन्तजन र साथीभाई तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
30697670_1591140497671636_3279861924598120448_n

कार्यक्रममा उपस्थित नायिका रजनी केसीले डिजाईनर गुरुङ्गलाई जन्मदिनको शुभकामना दिनुका साथै उनका आकर्षक डिजाइन तथा क्रियसन वारेमा चर्चा गरेकी थिईन भने उपस्थित अन्य व्यक्तित्वहरुले पनि उनलाई शुभकामना ताथ फेशन हाउसको प्रगतिको कामना गरेका थिए । डिजाईनर अफ द ईयर २०१३ बिजेता फेसन डिजाइनर तृष्णा गुरुङले सन् २०११ देखि विभिन्न फेशन शो को समेत आयोजना गर्दै आईरहेकी छिन ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली डिजाईनलाई उजागर गर्ने उद्देश्य बमोजिम उनले काठमाडौ उपत्यका मात्र नभएर हालै मात्र आफ्नो जन्मस्थान कावासोतीमा समेत पहिलो पटक फेशन शो गरेर निकै चर्चा बटुलिन ।

यसका अलावा दुवई भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर गुरुङ्ग यस सफलताको श्रेय आफ्ना माता सुभद्रा गुरुङ्ग तथा भाई डा।बुद्धि गुरुङ्गलाई दिन्छिन ।

30704127_1591075531011466_4262342720124616704_n

कारण, नौ वर्ष अघि आफ्नो जन्मदिनका दिन उनका माता सुभद्रा तथा भाई डा।बुद्धि गुरुङ्गबाट मृगतृष्णा फेशन हाउस बुटिक स्थापना गरि जन्मदिनको उपहार स्वरुप प्राप्त गरेकी थिइन । त्यसको निरन्तरता, उनको मिहिनेत काम प्रतिको लगाव र ईमान्दारिताले आज राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल डिजाईनरको रुपमा स्थापित गराएको छ । मिस गुरुङ्ग ईन्टरनेशनलको दोश्रो सिजनको तयारीमा व्यस्त डिजाईनर गुरुङ्ग यस प्रतियोगिताको माध्यमबाट गुरुङ्ग समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउनु आफ्नो उद्देश्य रहेको जानकारी दिईन ।

30688177_1591075644344788_8432141621008531456_n

Categories:

Tags: