‘बिहे पास’ मा दयाहाङ र प्रकृति

Written by Artist Sansar

आर्टिस्टनेपाल अन्तर्गत “आर्टिस्ट नेपाल मिडिया नेटवर्क”बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Page सृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

काठमाडौं,
समाजीक बिषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ ।

प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् ।

आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ । सामाजीक बिषयमा प्रचुर मात्रामा हास्यरस मिसाएर निर्माण गरिन लागीएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ ।

About the author

Artist Sansar