चर्चित रक ब्यान्ड Mt.8848को ब्लु जिन्स ठिटी सार्बजनिक

Written by Artist Sansar

काठमाडौँ। नेपाली रक गित संगित पारखीहरुमाझ रक शैली कै गित हरु प्रस्तुत गरेर चर्चामा रहेको पुरानो नेपाली रक ब्यान्ड Mt.8848 ले आफ्नो नया गित ब्लु जिन्स ठिटी को म्युजिक भिडियो सार्वजनिक गरेको छ।

ब्यान्ड कै शब्द संगित रहेको गित ब्लु जिन्स ठिटीको म्युजिक भिडियोमा ब्लु जिन्स लगाएकी ठिटीको रुपमा चर्चित डान्स रियालिटी शो बुगीवुगीको प्रथम बिजेता तथा अहिलेको ब्यस्त नृत्यांगना मोडल कबिता नेपाली प्रस्तुत भएकी छिन। उनलाई संजित तुलाधरले साथ दिएका छ्न।

ब्यान्डको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको म्युजिक भिडियोलाई आवेश बज्राचार्य र धन योन्जन तामाङले खिचेका हुन भने सम्पादन माधब बेल्बासेले गरेका हुन्। यस भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन।
– हेरौ भिडियो-

About the author

Artist Sansar