गणेशको आयो तिम्रै राजामा यसराज र सरिता

नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत आयो तिम्रो राजाको भिडियो सोमबार रिलिज भएको छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो ।
रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ । गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् ।
यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक बनेको छ । गीतको भिडियोमा नायक नायिकाको रुपमा अभिनेता यसराज गराच र गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन् । यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत भएकी छन् । यसराज र सरिताको अभिनय प्रसँसनीय छ ।
यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन् । उनी यो गीतबाट एक दशकपछि नृत्य निर्देशन तथा निर्देशनमा फर्किएका हुन् । गीतमा सुरेश कुमार राउतको सम्पादन, टंक केसीको छायाँकन, बिना रानामगर र शोभा श्रेष्ठको सृँगार रहेको छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन् ।
चार दशक अघि काठमाडौंको आरआर क्याम्पस पढ्दा गायनमा लागे पनि विभिन्न कारणले गणेश थापाले गायनलाई अघि बढाउन सकेनन् । उमेरले ६० पुग्दै गर्दा यिनै कलाकार यतीबेला भने गायकको रुपमा उत्रिएका हुन् । आफुले चाँडै नयाँ गीतिसँग्रह ल्याउने पनि गायक थापाले बताएका छन् ।

About the author

आर्टिस्ट संसार