ट्रेण्डिङ्गको उकालो चढ्दै जाली रुमाल ( भिडियो)

Written by Artist Sansar

ईन्जीनियरिंग संगै गायकका रुपमा चर्चा बटुलेका वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक भएको केही समयमा नै युटुब ट्रेण्डिङमा उक्लदो क्रममा छ ।

लोक शैलीमा रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका रियासा दाहाल तथा अहिलेका व्यस्त लोकप्रिय डान्सिङ्ग समूह कार्टुन क्रिउका सरोज र आश्माको जोडीको रमाइलो नृत्य गरेको देख्न सकिन्छ ।

भिडियोलाई नृत्य निर्देशक गम्बिर बिष्टले निर्देशन गरेका हुन । भिम बिष्टको शब्द संगीतमा तयार पारिएको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन भने म्युजिक सम्पादन श्याम्श्वेत रसाईली को रहेको छ । भिडियोमा नवराज उप्रेतीको छांयाकन नबिन रिजालको सम्पादन रहेको छ ।

-भिडियो-

About the author

Artist Sansar