गायिका दिपिका बस्नेतको जुनीभरिलाई सार्वजनिक

नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौशला बढ्ने बताए।

धरान, धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत “जुनीभरिलाई”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौशला बढ्ने बताए।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिंग , गीतकार तथा ब्लास्ट टाइम्सका सम्पादक गोपाल दाहाल , संगीत संयोजक निर्मल मगर।, मिस पुर्वान्चल फर्स्ट रनर अप इक्सा मादेनको आतिथ्य रहेको थियो।

रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र संगीत निकेन राई र संगीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा कलाकारहरु कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।

प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाईदेखाईएको भिडियोको निर्दैशक प्रकाश लिम्बु, छायांकन र सम्पादन एडम लिम्बु ,पोस्ट प्रोडक्सन ड्रिम हाई स्टुडियो ,धरानमा गरिएको छ भने कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।