रजतपटमा दोश्रो पुस्ता

Written by Artist Sansar

2011-07-09 00:13:42
हलिउड होस् या बलिउड, आफ्ना अग्रजका पदचाप पछ्याउँदै थुप्रै कलाकार स्थापित भैसकेका छन। बलिउडमा ८० बर्ष अघि पृथ्बिराज कपुरको आगमनपछि उनिपछिको कपुर खानदान चलचित्रमा निरन्तर कृयाशिल छन्। हलिउडमा पनि एन्जेलिना जोली, माईकल डग्लसललगायतका थुप्रै कलाकार आफ्नो परिवारिक पृस्ठभुमि पछ्याउँदै थुप्रै कलाकर्मि कला जगतमा प्रबेश गरिसकेका छन्।

नेपाली चलचित्र तथा सांगीतिक जगतका थुप्रै कलाकर्मी पनि आफ्नो अभिभाबकको पाईला पछ्याउँदै थुप्रै यो छेत्रमा उदाईसकेका छन् । कलाकार राधा लम्सालकी छोरी अभिनेत्री अरुणिमा लम्साल अहिलेकी चर्चित तथा ग्ल्यामर अभिनेत्री हुन् । आफ्नै रुचिले चलचित्रछेत्रमा प्रबेशगरेकी अरुणिमा पाँच बर्ष अघि ‘यस्तै रहेछ जिन्दगी’बाट चलचित्रछेत्रमा प्रबेश गरेकी हुन् । त्यस्तै नेपाली चलचित्रमा थुप्रै नयाँ परम्परा बसाल्ने, थुप्रै कलाकर्मीलाई ब्रेकदिई स्थापित गराएका बाघ निर्देशकको रुपमा चिनिएका स्व. प्रकाश थापाका छोरा बिजय थापा हुन् अथबा अभिनेत्री सुशीला राईमाझीकी छोरी प्रसिद्दिका राईमाझी अथबा प्रसिद्द निर्देशक शम्भु प्रधान र लेखिका तथा निर्माती नूतन प्रधानकी छोरी इश्वरी प्रधान हुन् । धेरैले आफुंलाई सफलताको शिखरमा पुर्याउन सफल भएका छन् ।

नेपाली सांगीतिक गजतमा त दोश्रो पुस्ताको सूचि लामो तयार हुन सक्छ। यसको बारेमा पूर्ण रुपमा हामी अर्को अंकमा प्रकाशित गर्नेछौं । यहाँ हामी केही नयाँ चलचित्र – कलाकर्मीको चर्चा गर्दैछौं । जसले युबा पुस्ताको प्रतिनिधित्व मात्र नगरिकन आफ्ना अभिभाबकका कमजोरी पुर्दै ब्याबशायिक ढंगबाट प्रबेश गरेका छन् ।

निरक पौडेल :-  बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट फिल्म निर्माणअन्तर्गत निर्देशन विधामा डिप्लोमा सम्मको अध्ययन सकेर स्वदेश फर्किएका निरक पौडेल झन्डैं तिन दशक चलचित्र छेत्रमा क्रियाशील उद्दब पौडेलका कान्छा छोरा हुन् । उद्दब पौडेललाई चिनाउने र उद्धवको पहिलो सिनेमा ‘कुसुमे रुमाल’ रिलिज भएको दिन जन्मिएका निरकले रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र ‘कुसुमे रुमाल’कै नामबाट ‘कुसुमे रुमाल २’ निर्माण निर्देशन गरे । युबापुस्तालाई आकर्षित गराउन सफल यस चलचित्रले निरक सफल निर्देशकको सूचिमा रही बाबुको बिडो थाम्दै छन् ।

सौर्यजित बास्कोटा :- मुम्बईको टि्रनिटी कलेजबाट पियानो बाजा सातौं श्रेणी उत्तीर्ण गरेका सौर्यजित चर्चित संगीतकार सम्भुजित बास्कोटाका छोरा हुन् । सौर्यजित बाबुको पाईला पछ्याउँदै सानो उमेरदेखि नै अभिनय, गायन र बाध्यबादनमा सकृय थिए । बच्चै छँदा चलचित्र ‘लक्ष्मीपूजा’को तिहारै आयो… गीतमा मादल बजाएर र ‘गुरुचेला’ फिल्ममा ‘जस्तो गुरु उस्तै चेला…’ मा स्वर दिइसकेका सौर्यजितले मुम्बईमा सोनु निगम, सुनिधि चौहान, आशा भोस्ले आदि हस्तीसँग काम गरिसकेका छन् ।
‘कुसुमे रुमाल २’ बाट ब्याबशायिक संगीतकारको रूपबाट प्रबेश गरेका शौर्य अहिले अध्ययनको क्रममा अस्ट्रेलियामा छन् । र अबको केहि समयमा नेपाल फर्केर निरन्तर संगीतमै रम्ने तयारीमा छन् ।

केकी अधिकारी :- चलचित्र निर्देशक बद्री अधिकारीको एक मात्र छोरी केकी अधिकारी एनटिभी मेट्रो टुबाट प्रसारण हुने घिन्ताङ शीर्षकको नृत्य प्रतिस्पर्धामा भाग लिएपछि मिडियामा प्रवेश गरेकी हुन्। एउटा टुथपेस्टको विज्ञापनमार्फत चर्चा बटुलेकी शान्त स्वभावकी केकीको चाहना डाक्टर बन्ने थियो तर पनि उनी अहिले कला क्षेत्रमै सन्तुष्ट भएको बताउँछिन्। हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियो, एक दर्जन विज्ञापनमा अभिनय गरिसकेकी केकीले प्रसन्न पौडेल निर्देशित सांगीतिक चलचित्र ‘स्वर’ मार्फ़त रजतपटमा प्रबेश गरेकी छिन् ।

नम्रता सापकोटा :- दुई दर्जनभन्दा बढी म्युजिक भिडियो तथा केही व्यावसायिक विज्ञापनमा अभिनय गरिसकेकी नम्रता सापकोटा सिग्नेचर नामक डिजिटल फिल्मकी नायिका हुन् । स्नातकमा अध्ययनरत नम्रता चलचित्र निर्माता, निर्देशक मेघनाथ सापकोटाकी छोरी हुन् । गायक रामकृष्ण ढकालको ‘जन्मेपछि…’ गीतको म्युजिक भिडियोमार्फत रंगीन दुनियाँमा प्रवेश गरेकी उनले हालसम्म दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।

अनमोल केसी :- तीन दशक भन्दा अगाडी भुबन केसी चर्चित गायक थिए । शम्भुजीत बास्कोटाले जीबनमा पहिलो पटक सङ्गीत भरेको गीतपनि पहिलो पटक भुबन केसी लेनै गाएका थिए । गीत थियो- मादल बज्यो घिनघिन ताङ तालैमा, पार्छु….। त्यसपछि उनि ‘जुनी’ चलचित्र मार्फ़त हीरो भए । भुबन सुपुत्र अनमोल अहिले बाबुकै निर्माणमा चलचित्र ‘साथी म तिम्रो’ मार्फत हीरो भएकाछन् । भुबन गायकबाट नायक भएका थिए भने सुपुत्र अनमोल नायकबाट गायक बन्ने मुडमा छन् ।

मोहितबंश आचार्य :- गोपीकृष्ण मुभिजको ब्यानरमा निर्देशक निरक पौडेलले निर्देशन गर्न लागेको नयाँ प्रोजेक्टमा नायकको रुपमा प्रस्तुत हुन लागेका मोहित हरिबंश आचार्यका सुपुत्र हुन् । बाबु जसरीनै संगीत र अभिनय दुबैलाई संगै अगाडी बढाएका मोहित टुरिजम विषयमा ब्याचलर कमप्लिट हुन् । यस अघि उनले मदनकृष्ण-हरिबंश अभिनीत पछिल्लो चलचित्र ‘हाँसी देऊ एक फेर’ मा सावन भदौमा मात्र बोलको गीतमा स्वर दिएका थिए ।

इश्वरी प्रधान :- चलचित्र निर्देशक शम्भु प्रधान र निर्माती तथा लेखिका नूतन प्रधानकी छोरी इश्वरी प्रधान बालकलाकार देखि मस्त नायिकाको परिचय छोड्दै चलचित्रवाट हराएकी थिईन् । अहिले चलचित्र अध्ययनमा ब्यस्त इश्वरी अभिभाबक जस्तै अभिनय, लेखक र निर्देशनको फाँटमा प्रस्तुत हुने तयारीमा छिन् ।

यिं बाहेक निर्देशक तुलसी घिमिरेकी छोरी भाबना घिमिरे, निर्देशक नारायण पुरीका छोरा संजोक पुरी, अभिनेता तथा दन्दनिर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी, उदितनारायण झा र दीपा झा सुपुत्र आदित्य नारायण झा लगायतका चलचित्रहस्तीका दोश्रो पुस्ता आफ्नो परिवारिक पृस्ठभुमि पछ्याउँदै कला जगतमा प्रबेश गरिसकेका छन्।

About the author

Artist Sansar