fbpx

गायक प्रताप दासको स्वरमा रहेको ‘पत्थरको मुटु’ सार्वजनिक

Written by Artist Sansar

आर्टिस्टनेपाल अन्तर्गत “आर्टिस्ट नेपाल मिडिया नेटवर्क”बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Page सृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

काठमाडौँ । सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी श शब्द हरेको भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् । गीतलाई कुमार रानाको अडियो मिक्सिङ रहेको छ।

भिडियोमा दुई युवायुवतीबीच रहेको प्रेमकथालाई प्रस्तुत गरिएको छ । भिडियोमा प्रेम, घरपरिवार र समय परि स्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ ।

भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीत मार्फत् पस्किने प्रयास गरेको बताए।

About the author

Artist Sansar