झलकमान गन्धर्व’को आज ८६औं जन्मजयन्ती

https://artistnepal.com/

https://artistnepal.com/

"

काठमाण्डौ। आज स्व. लोक गायक झलकमान गन्धर्वको ८६ औँ जन्मजयन्ती हो । वि.सं. १९९२ वैशाख १२ गते बाटुलेचौर पोखरामा जन्मेका उनि हिमाल खबर पत्रिकाको ‘सय वर्षका एक सय एक नेपाली’को प्रभावशाली सूचीमा ८२ औं स्थान प्राप्त गरेका गायक हुन् । उनको निधन वि. सं. २०६० मङ्सिर ६ गते भएको थियो । उनि पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी (मकैडाली) गन्धर्वको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मेका थिए ।

दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरी बेलायत सरकारबाट त्यहाँको प्रशिद्ध सम्मान ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका गोर्खाको गुरुङ बस्तीका गजे घले र अन्य लाहुरेको सम्मानमा झलकमानका बुबा ‘दुर्गाबहादुर मिझार (गन्धर्व) ले लय र शब्द संकलन गरेको गीत ‘हे बरै, आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ २०२३ सालको रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा गाएर प्रथम भएका झलकमान गन्धर्व नेपाली लोक संगीतका ४ दशकका झलक हुन् ।

तत्कालिन नेपालका राजा श्री ५ महेन्द्रबाट झलकमानलाई स्वर्णपदकसहित १ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यसपछि उनले रेडियो नेपालमै सारंगी र मादल वाद्यवादकका रुपमा उनले जागिर खान थालेका थिए ।