नायिका करिश्मा मानन्धरले बाँडिन् ३० जना प्राविधिकको परिवारलाई राहत

Written by Artist Sansar

कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकका लागि सदाबहार अभिनेत्री करिश्मा मानन्धरले राहत दिएकी छन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् ।

उनले राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत दिएकी छन् । नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले प्राविधिकका लागि राहत दिएकी हुन् ।

‘यो महामारीको समयमा हामी सबैले हातेमालो गर्नु जरुरी छ करिश्माले भनिन् ‘प्राविधिकहरू हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सकिन्छ । त्यो सहयोग गरौँ ।’

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरू सबैभन्दा बढी मार्कामा परेको भन्दै सहयोगका लागि अपिल समेत गरे ।

About the author

Artist Sansar