हाँस्य अभिनेत्री चम्सुरीले आफ्नै स्वरमा ल्याई नयाँ गीत

Written by Artist Sansar

आर्टिस्टनेपाल अन्तर्गत “आर्टिस्ट नेपाल मिडिया नेटवर्क”बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

मेरी बास्सै टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन् ।

पल्पसाले आफ्नो स्वरमा नयाँ गीत काली काली दिलवाली…बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।
दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् ।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् ।

यो लगीतमा अशोक राईको सँगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले सँयुक्त रुपमा लेखेका हुन् ।

About the author

Artist Sansar