भर्जिनियाबाट किशोर-किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक

Written by Artist Sansar

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक भएको छ ।

यी लेखकहरुले “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ । सेप्टेम्बर १५ आज देखि सार्वजनिक भएको छ ।

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन भने साइमन शर्मा कक्षा ७ मा पढ्छन । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्.। उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन ।

About the author

Artist Sansar