Lyrics- आँखा छोपी नरोउ भनी ( aakha chhopi narou bhani) – Narayan Gopal

Written by Artist Sansar

आँखा छोपी नरोउ भनी
(आँखा छोपी नरोउ भनि भन्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ ) *2

(भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन) *2
वाचा छिटै आउछु भनि गर्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ

(छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया) *2
आफैलाई छाडी कतै जानुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ

(भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो) *2
कुलचिएर आफैलाई हिड्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ

About the author

Artist Sansar