घरमै बसौं बन्दी भई भन्दै गायक रोहित मास्के

Written by Artist Sansar

धरान / अहिले विश्वनै कोरोना संक्रमणले पिडामा छ। कोरोना महामारीबाट बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ । अहिले हामी सबै मिलि कोरोना महामारी संग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै एउटा सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् ।
संगीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा, सन्जिब लामा तामांग र मनोज मोतेको समुहलेघरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाटनै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन् ।

उक्त “हामी बाँचौ,यो देश बचाऔं , संसारलाई बचाऔं” ; बोलको गीत को रचना ,संगीत , संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा तामांग र मनोज मोतेले स्वर दिएका छन् । त्यसतै गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन् ।

About the author

Artist Sansar