गायिका सिमा सङ्ग्रौलाको नयाँ गित सार्बजनि

आर्टिस्टनेपाल अन्तर्गत “आर्टिस्ट नेपाल मिडिया नेटवर्क”बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Page सृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्टसंसार, काठमाडौँ। दस बर्ष अघि “नोट ” एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दापर्ण गरेकी गायिका सीमा संग्रौलाले “उड्नु छ आज ” बोलको गीत सार्वजनिक गरेकी छिन्।

मेलोडी, फ्युजन गीतहरु गाउन मन पराउने उनले “उड्नु छ आज ” गीत बिशाल पाण्डेसंगको सहकार्यमा तयार भएको हो । ३ महिना अघिमात्र उनले बिशालसंग “माया आउन नजिक ” बोलको गीतको गीत तथा भिडियो सार्वजनिक गरेकी थिइन्।

लकडाउनको समयमा तयार भएको यस गितको भिडियो लकडाउन खुलेपछिको समयमा पर्यटकीयनगरी पोखरा र यस आसपासका क्षेत्रमा छायांकन गरिएको गायिका सिमा बताउछिन। यहि गीतमा भने झैँ उनि अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन्।

नोट एल्बमको ” के नै रुनु छ र ” बोलको गीतबाट त्यहीबर्ष ‘हिट्स एफएम म्युजिक अवार्ड’बाट सर्बोकृस्ट नवप्रतिभाको अवार्ड समेत हातपार्न सफल गायिका संग्रौलाको यस अघिका के नै रुनु छ र, संगै जितेर मेरो मन , यो बैंश भित्र के छ लगायतका गीतहरु लोकप्रिय छन् ।

-भिडियो-

Join the ArtistNepal

Become Part of the Nepal’s Largest Artist’s Community