कलाकार र पत्रकारलाई सम्मान गरिने

Written by Artist Sansar

राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा ‘चलचित्र पत्रकार संघ नेपाल’को २१ औं बार्षिक उत्सवको अवसरमा ‘चलचित्र पत्रकार संघ चितवन’ले कलाकार तथा चलचित्र पत्रकारलाई सम्मान गर्ने भएको छ ।

संघले नेपाली चलचित्रमा अतुलनिय योगदान पुर्‍याउने एक कलाकार, चितवनमा रहेर चलचित्र पत्रकारिता गरिरहेका २ जना पत्रकार र काठमाडौंमा रही चलचित्र पत्रकारिता गरिरहेका एक पत्रकारलाई सम्मान गर्ने भएको हो । संघले यस पटकदेखी हरेक बर्ष चलचित्र पत्रकारिता दिवस तथा संघको बार्षिक उत्सवको अवसरमा कलाकार तथा चलचित्र पत्रकारलाई सम्मान गर्ने जनाएको छ ।

संघले यस पटक कलाकार ॠद्दीचरण श्रेष्ठ, चितवनका चलचित्र पत्रकारद्वय किशोर खनाल र सुशील पन्त र काठमाडौंका बिजय आवाज (सुवेदी) लाई सम्मान गर्ने भएको हो । उनिहरुलाई जनही ५ हजार ५ सय नगदसहित सम्मान गरिने संघका उपाध्यक्ष रामेश्वर रिजालले बताए ।

संघले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै बरिष्ठ कलाकार ॠद्दीचरण श्रेष्ठलाई सम्मान गर्न लागेको हो । श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी पुर्‍याएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान गर्न लागिएको संघ चितवन शाखाका अध्यक्ष रवि अधिकारीले बताए ।
श्रेष्ठ करिब ४० बर्षदेखी चलचित्रमा अभिनय गर्दै आइरहेका छन् । उनले वि स २०३९ सालमा ‘कान्छी’ बाट चलचित्रमा डेब्यु गरेका थिए । त्यसयता उनले ७० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । ‘कान्छी’ ‘मोहिनी’ ‘मनकामना’ ‘माइली’ ‘माइती’ ‘सुख दु:ख’ ‘दाइजो’ लगायत श्रेष्ठका दर्जनौ हिट चलचित्र रहेका छन् । पछील्लो पटक उनले निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा आधारित चलचित्र ‘कोपिला’ मा अभिनय गरेका छन् ।

बर्गीक्रीत राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका खनाल १७ बर्षदेखी यही क्षेत्रमा आबद्द छन् । हाल उनी चितवन पोष्टको सम्पादकको रुपमा कार्यरत रहेका छन् ।

यस्तै पन्त चितवनमा रही ७ बर्षदेखी चलचित्र पत्रकारिता गरिरहेका छन् । २०७० सालमा भरतपुरस्थित रेडियो त्रिवेणीबाट चलचित्र पत्रकारिता शुरु गरेका पन्त अहिले एटुजेड समाचार डटकममा सह सम्पादकको रुपमा कार्यरत छन् । उनी चलचित्र पत्रकार संघका केन्द्रीय प्रतिनिधि समेत हुन् ।

सुवेदी काठमाडौंमा रहेर १५ बर्षदेखी चलचित्र पत्रकारिता गरिरहेका छन् । २०६२ सालमा रेडियो उपत्यकाबाट चलचित्र पत्रकारिता शुरु गरेका पौडेल हाल अनलाइन खबर डटकममा मनोरन्जन विधा तर्फ वरिष्ठ उप सम्पादकको रुपमा कार्यरत छन् । उनी यस अघी चलचित्र पत्रकार संघको केन्द्रीय समितिबाट पनि सम्मानित भइसकेका छन् ।

सम्मानित कलाकार तथा पत्रकारको नाम आज सार्वजनिक गरिएको र कोरोना भाइरसको महामारी कम भए लगत्तै औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष अधिकारीले बताए ।

About the author

Artist Sansar