वेब सिरिज लभ गेमको टिजर रिलिज

Written by Artist Sansar

षड्ज प्रोडक्सनको प्रस्तुतीमा बनेको बहुप्रतिक्षित वेब सिरिज लभ गेमको टिजर रिलिज भएको छ ।

अनिल बिडिआरको निर्देशनमा बनेको सिरिजमा कथा लेखन केडी भट्टराई तथा अनिल बिडिआरको रहेको छ । केडी भट्टराई, प्रिन्स प्रसिद्द सिंह थापा र अक्षता पोखरेलको मुख्य अभिनय रहेको सिरिज लभ गेममा वालापनदेखिको मित्रता कसरी मायामा परिणत हुँदै जान्छ र उनीहरुको मायामा के- कस्ता कठिनाई आईपर्छन साथै पछिल्लो जेनेरेसनमा देखिएको मायाको खेल समेटिको छ ।

सत्य घटनामा आधारित रहेको यस बहुप्रतिक्षित वेब सिरिजको छायांकनको कार्य तिव्र रहेको साथै केही कलाकारहरुको खोजी कार्य समेत जारी रहेको सिरिजका लेखक तथा मुख्य कलाकार केडी भट्टराईले जनाए ।

About the author

Artist Sansar