मैले गाली पनि पाउँछु र ताली पनि पाउँछु – मनोज पण्डित

Written by Artist Sansar

फिल्म हेर्न घरबाट लुकिलुकी सिनेमाघर जाने र घर आएँपछि बाऊको गाली र थप्पड़ खाने एउटा साधारण युबाले चलचित्रको श्रब्य र दृश्य सम्मलेन धेरै प्रभाबकारी भएको अनुभवबाट प्राभाबित भएर कल्पनामा चलचित्र बनाउने भूमिका निभाएको अनुभूति गर्दथ्यो ।

छोरा बिग्रन्छ भनेर घरमा टि.भी नल्याउने र छोराको भबिश्य प्रति चिन्तित बाबु – आमाको छोराले जब चलचित्र छेत्रमा प्रबेश गर्ने निर्णय गर्यो । सबैले अब तेरो छोरा बिग्र्यो भन्न थाले। र त्यहि कुराले आमाबाबुलाई चिन्ताले सताउन थाल्यो । तर उसको बाबु आमालाई के थाहा ऊ पछि गएर चलचित्र को निर्देशक हुन्थ्यो भनेर ………….।

जब त्यहि बिग्रिएको छोराले “ग्रेटर नेपाल -सिमनाको खोजी” नामक बृतचित्र बनाएर नेपालको राष्ट्रीयताको खोजी गर्ने अभियान चलायो । र सम्पूर्ण देशले नै सम्मान गर्न थाल्यो। बल्ल बाबु आमाको छोरा प्रति आशा पलाउन थाल्यो ।

अहिले त्यहि ब्यक्ति अर्थात मनोज पण्डितले निर्देशन गरेको र देशका लाखौं जनताले प्रतिक्षा गरेको दस्ताबेज ‘दासढुंगा’ को प्रदशन र प्रतिक्रियाको तयारीमा छन । ‘दासढुंगा’कै सेरोफेरोमा रहेर उनीसित आर्टिस्ट नेपालका नब ढुंगेलले गरेको कुराकानीको सङ्क्षेप- 

# चलचित्रको बिषयमा ‘दासढुंगा’ नै किन रोज्नु भयो ?

म पृथ्बीनारायण शाह र मदन भण्डारीलाई यो देशका सच्चा देशभक्त नेताहरु मान्दछु । पृथ्बीनारायण शाहले कल्पना गरेको ‘बिशाल नेपाल’ माथि काम गरिसके पछि मदन भण्डारीसंग सम्बन्धित महत्पूर्ण घटनाको रुपमा ‘दासढुंगा’ माथि काम गर्ने सोच लिईएको हो ।

बाल्यकालमै मलाई यो घटनाले धेरैनै बिक्षप्त बनाएको थियो ।हामीले त्यसको याद स्मरण गर्दै पिडा भुलेकालाई सम्झाउन र नया पुस्तालाई थाहा दिन बनाएका हौं । यो फिल्म निर्माण गर्नु पछाडी कुनै राजनैतिक उपलब्धिको स्वार्थ छैन । 

# मुलधारका बिषय भन्दा फरक धारमा चलचित्रको निर्माण भएको छ । के यो चलचित्र ले ब्यापार गर्छ त?

मलाई थाहा छैन । यो चलचित्रले कत्तिको चल्ला र निर्माताले कति पैसा कमाउलान..। मेरो चाहना धेरै नेपालीले घटनाको बारेमा थप जानकारी पाउन् । हेर्न सकुन र हेरून ।र हेरी सकेपछि यस बिषयम पुन: बहस होस् भन्ने आशा छ । देशको राजनैतिक बिषय प्रति चासो राख्ने धेरै नेपालीले हेर्नुहुनेछ । र यस यथार्त घटनाका बारेमा धेरै जनाकारी लिनुहुने छ ।

बिराज भट्ट र रेखा थापाको प्रस्तुतिमा रमाएका दर्शकहरु सायद यो प्रस्तुति संग त्यति धेरै संतुष्ट नहुन पनि सक्छन। तर नया पुस्ता र नयाँ बिचार राखेका जनता हरुलाई यो चलचित्र सम्बेंदनशिल मनोरन्जन दिन सक्नेछ। र म बिस्वस्थ पनि छु । 

# चलचित्र प्रदशन भए पछि कस्तो प्रतिक्रिया पाउछु जस्तो लागेको छ ?

मैले गाली पनि पाउँछु र ताली पनि पाउँछु । यो चलचित्र वास्तबमै एउटा महत्पूर्ण र फरक प्रयोग हो । यसको सफलताले आउंदा दिनमा नेपाली चलचित्र उद्योगको रूपरेखा परिबर्तन गर्न ठुलो मद्दत पुर्याउछ ।यो चलचित्र धेरै ले सोचे भन्दा फरक छ धेरैको expectation धेरै होला । त्यसकारण म बिश्लेषनात्मक प्रतिक्रियाको पर्खाईमा छु। धेरै नेपालीले यस अर्थमा हेरुन कि यो बिषयलाई कसरी बेवास्था गरिएको थियो ?यसलेराज्य र सम्बन्धित पक्षलाई आबश्यक दबाब पुग्न सक्छ ।
‘दासढुंगा’ लाई केवल चलचित्र हेर्ने रुपमा मात्र नभएर हाम्रो राजनैतिक इतिहासको एउटा पक्षसंग साक्षतकार गर्ने कडीको रुपमा लिईयोस ।भन्ने मेरो सृजनशील चाहना छ।यथार्थकफरक चलचित्र भएको कारण मनोरन्जनको बर्तमान बर्तमान परिभाषा भन्दा पर बसेर तथ्यगत परिभाषा छ ।

# सधै यस्ता बिषयहरुमा चलचित्र बनाउनुको कारण ?

मेरो जीबनको उदेश्य देश प्रेम गर्नु हो । मानबिय मूल्य मान्यताको निकाशमा योगदान पुर्याउनु हो । र जनताले चाहेको बिषयमा , समस्याका बिषयमा आवाज उठाउन प्रतिबद्द छु । त्यस कारण मैले राष्ट्रिय मूलधारका बिषयहरुमा गंभीरतापुर्बक आफ्नो योगदान दिन संघर्ष गरिरहेको छु । जीबनमा थुप्रै मुद्दाहरुमा मैले आफ्नो श्रृजना पोख्नु छ । गरीबी देखि राष्ट्रीय अस्तित्वको बिषयमा मेरो भूमिका अबश्य हुने छ। र आफुलाई यो देशको एक जिम्बेबार नागरिकको रुपमा गर्भ गर्दछु । त्यसकारण म चलचित्रकर्मी भएकोले देशको समृदि र बिकाशमा महत्पूर्ण योगदान दिन चाहन्छु । र चलचित्र त्यसको लागि मेरो माध्यम र साधन रहेको छ ।

# अब के बनाउने तयारीमा हुनुहुन्छ त ?

नेपालमा वैदेशिक हस्तक्षेपको एउटा विस्तृत अवस्था देखाउने तयारीमा छु ।यसमा पृथ्वीनारायण शाहदेखि अहिलेसम्मका हस्तक्षेपका विषयमा, नेपालको अन्तराष्ट्रीय संबन्धको अध्ययन गरिरहेको छु। अहिले ग्रेटर नेपालको दोश्रो भाग को रुपमा ” ग्रेटर नेपाल – अस्तित्वको संघर्ष र बालबालिकाको बिषयमा एउटा गम्भिर चलचित्र निर्माण को तयारीमा छु ।

About the author

Artist Sansar