‘मारुनी’ को फस्टलुकमा पुष्प र साम्राज्ञी रोमान्टिक अवतारमा

Written by Artist Sansar

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् ।

पोस्टरमा साम्राज्ञी र पुष्प मात्र फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा साम्राज्ञी कालो बोल्ड पहिरनमा घोडामाथि चढेकी छन् । घोडा पुष्पले डोर्‍याएका छन् । दोस्रो पोस्टरमा भने साम्राज्ञी एक रुखमा अढेस लगाएकी छन् । उनको कम्मरमा पुष्पले हात राखेका छन् । पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सृजना गर्नेमा निर्माण टिम विश्वस्त छ ।

लचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ ।

About the author

Artist Sansar