मनोहरि सिंहको स्मरण

Written by Artist Sansar

नेपाली मूलका भारतीय संगीतकार मनोहरि सिंहको श्रावन ३ गते ललितपुरको ‘सामुराई क्याफे’मा नेपाली संगीत जगतका दिग्दज स्रस्टाहरुले उहाको स्मरण गर्ने भएका छन । ‘टाइम’ म्यागजिनले सन् असीको दशकमा ‘एसियाका उत्कृष्ट सेक्सोफोनिस्ट’ भनेका मनोहरिको आषाढ २९, मंगलबार ८३ वर्षको उमेरमा मुम्बईमा मृत्यु भएको थियो ।
‘आर्टिस्ट नेपाल डट कम’ र ‘द म्यूजिकल जर्नी’ले संयुक्तरुपमा आयोजन गर्न लागेको उक्त कार्यक्रममा बरिस्ठ संगीतकार अम्बर गुरुङ, गीतकार, तथा चलचित्रकर्मी चेतन कार्की, प्रकाश सायमी,लगायतका स्रस्टाहरु ले उहाको बारेमा आफ्नो सहकार्यको स्मरण गर्नु हुनेछ ।
नेपाली चलचित्र ‘पृथ्वी’, ‘सिमाना’ , ‘अबतार’ ,’तृष्णा’,’चेलीबेटी’, ‘प्रेमपिन्ड’ ,’महामाया’, ‘कन्यादान’, लगायतका चलचित्र को म्युजिक एरेन्ज गर्नुभएका सिंहले ‘जीबन रेखा’ चलचित्रको ब्याकग्राउण्ड साउन्ड र नेपाली संगीतमा अन्तिम पटक शम्भुजित बास्कोटाको ”म्युजिकल जर्नी’ एल्बममाका लागि तीन गीतका लागि धुन भर्नु भएको थियो ।
चेतन कार्की, प्रकाश सायमी, यादब खरेल, स्व. प्रकाश थापा, रणजीत गजमेर, तुलसी घिमिरे संग निकट रहनु भएका मनोहरि सिंहले नेपालमा आफ्नो कन्सर्टको गृहकार्य गरिरहनु भएको थियो ।
केही साता अगाडि मात्र ‘इन्डियन आइडल’ मा अर्का नेपाली संगीतकार रनजित गजमेर र मनोहर सिंह आरडी बर्मनको म्युजिक पिससहित प्रस्तुत भएका थिए ।

About the author

Artist Sansar