बरिष्ठ गायक योगेश बैद्यको मृगौला प्रत्यारोपण सफल

Written by Artist Sansar

बरिष्ठ गायक योगेश बैद्यको मृगौला प्रत्यारोपण सफल भएको छ ।करिब १ महिना अघि देखि उपचारको लागि भारत लागिएका बैध्यको त्याहाको एक प्रतिष्ठित अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो ।

लामो समय देखि क्रोनिक डायबिटिज्कोबाट पीड़ित बैध्यलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका चिकित्सकद्वय डाक्टर श्यामबहादुर पाण्डे र डाक्टर ऋषी काफ्लेको प्रत्यक्ष निगरानीमा उपचार भैरहेको बैध्यको दुबै किडनीले काम नगरेको र फेर्नु पर्ने जानकारी दिएपछि थप उपचारको लागि भारत लागिएको थियो । उहा नर्भिकमा भने बैशाखको पहिलो साताताका भर्ना हुनुभएको थियो ।

सम्बत २००३ साल नागपंचमीका दिन काठमान्डौको नरदेविमा जन्मनुभएका बैध्यले करिब १५ बर्षको उमर देखिनै गीत गायन मा संलग्न हुनुभएको हो ।

आर्टिस्ट नेपाल परिवार बरिष्ठ गायक योगेश बैद्यको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ ।

About the author

Artist Sansar