फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक

Written by Artist Sansar

यही साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन मिश्रित ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा डनको भूमिकामा प्रस्तुत छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा संवाद बोलेका छन् ।

फिल्मका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेका छन् । अभिनेता दिवसलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ । यो फिल्मका निर्देशक दिनेश पौडेल हुन् । एक्सनसँगै सामाजिक प्रेमकथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ ।

फिल्मलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।

About the author

Artist Sansar