डा. कृष्णहरि बरालको उपचार सहयोगमा आर्थिक संकलन

Written by Artist Sansar

आफ्नो छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना हुन गएकोले डाक्टरहरुको सल्लाह बमोजिम वहाँहरुको अमेरिका बसाई लम्बिएको हो । डा.बराल भिजिटर भएको र छोरा पनि विद्यार्थी नै रहेकोले वहाँहरुलाई यस आपतकालिन अवस्थामा आर्थिक संकट पर्न गएको छ ।अमेरिका स्थित साहित्य तथा कला छेत्र संग सम्बंधित बिभिन्न संस्थाले उहाको उपचारको लागी आर्थिक संकलन तीब्र बनाएका छन ।

डा. बराल अहिले अस्पतालबाट आंसिक discharge भएर चिकित्सकहरुकै सल्लाह र सिफारिसमा अस्पताल नजिकै कोठा भाडामा लिएर बस्नुभएको छ । वहांको पेटमा surgery गर्दा 11 cm लामो र 1 cm गहिरो घाउ भएको र सो घाउ पुरिन अझै केहि दिन लाग्ने भएको कुरा गत बुधबारको follow – up मा doctor हरुले बताएका छन् । completely घाउ नपुरियुन्जेल यहीं बस्न समेत उनीहरुको सल्लाह छ। केहि समयसम्म हेरेर मात्रै पूर्ण रुपले discharge गर्ने भएका छन् ।

परदेशमा अचानक वहाँमाथि पर्न गएको यो सङ्कट र आर्थिक भारमा राहत स्वरूप जनवरी १८ बाट “कृष्णहरि बराल आर्थिक कोष” को सुरुवात गरिएको छ।

डा. कृष्णहरि बराल को पेन्सिलभेनियामा मोटर दुर्घटनाको बिबरण

नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा. कृष्णहरि बराल अमेरिकाको विभिन्न राज्यहरुको स्थलमार्गबाट भ्रमण गरिरहेको बेला मोटर दुर्घटनामा परेर श्रीमति सुष्मा बराल, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी सहित चार जनाको टोली बोष्टनबाट ओहायो गैरहेको बेला जनवरी २, २०११ आइतबार साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा अकस्मात उक्त दुर्घटना भएको थियो । गाडीमा सवार चारैजनालाई एम्बुलेन्स द्वारा तत्काल State Park स्थित Mount Nittany Medical Center मा पुर्याईयो । दुर्घटनामा पर्नेहरुमध्ये श्रीमती बराल स्वप्नील र सन्तोषलाई साधारण उपचारपछि डिस्चार्ज गरिएको छ ।

तर डा. बराल भने उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको थियो । वहाँको उपचारको क्रममा डाक्टरहरुले पत्ता लगाए अनुसार केही रक्त-नशाहरु -Artery ruptures_ फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले वहाँलाई तत्कालै हेलिकप्टरबाट Danville, PA स्थित Geisinger Medical Center मा पुर्याइएको थियो र सिधै अपरेसन कक्षमा लगिएको थियो ।

सर्जनहरुले रगत बगिरहेकोले नरोकिएसम्म सर्जरी गर्न नसकिने कुरा बताएको ले उहाँलाई पर्याप्तमात्रामा रगत दिईसकेपछि ४ जनवरीका दिन सर्जरी पूर्ण सफलताकासाथ सम्पन्न भएको थियो । त्यसपछि १५ जनवरीसम्म उहाँलाई आई.सि.यु.मा राखि उपचार गरियो र हाल वहाँलाई साधारण वार्डमा सारिएको छ । पारिवारिक सुत्रका अनुसार अब वहाँ गम्भीर खतराबाट भने मुक्त हुनुहन्छ तर पनि अहिलेसम्म अस्पतालमै वहाँको उपचार भैरहेको छ ।

About the author

Artist Sansar