ख्यातिप्राप्त भारतीय अभिनेता गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन

Written by Artist Sansar

काठमाडौं । ख्यातिप्राप्त भारतीय अभिनेता गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । भारतीय सिनेमाजगत्मा गिरीशलाई विशेष अभिनय तथा निर्देशनका कारण स्मरण गरिनेछ ।

उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए। उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए। उनले भारतमा प्रसिद्ध ज्ञानपिठ पुरस्कारसमेत पाएका थिए ।

उनी आफ्नो मातृभाषा कन्नड तथा अङ्ग्रेजीमा पनि पोख्त थिए । आफैले लेखेको कन्नड नाटकलाई उनले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनको प्रख्यात नाटक ययातिलाई केही समयअघि नेपालीमा अनुवाद गरी प्रदर्शन गरिएको थियो । उनका अन्य थुप्रै नाटक प्रख्यात छन् ।

सन् १९६० को दशकमा उनले ‘यायाती'(१९६१), ऐतिहासिक ‘तुगलक'(१९६४) जस्ता नाटकका लागि समालोचकहरूबाट तारिफ बटुलेका थिए। त्यो समयमा उनका तीन महत्वपूर्ण कृतिहरू- ‘हयवदना'(१९७१), ‘नगा मंडला'(१९८८) तथा ‘तलेडेंगा'(१९९०)ले अन्तराष्ट्रिय ख्याति बटुलेका थिए। उनले पछिल्लो समय ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा है’ जस्ता सुपरहिट सिनेमामा काम गरेका थिए।

About the author

Artist Sansar