७१ ग्राम्स लिएर आए आजाद

Written by Artist Sansar

विगत ६ वर्षदेखि गुन्जिरहेको कर्णप्रिय आवाज अहिले सम्पूर्ण विश्वमा गुन्जिन तयार भएर “७१ ग्राम्स” मा संग्रहित भएर यहाँहरू सामु आएको छ

आर्टिस्ट नेपाल। पोखराको रमणीय वातावरणमा विगत ६ वर्षदेखि गुन्जिरहेको कर्णप्रिय आवाज अहिले सम्पूर्ण विश्वमा गुन्जिन तयार भएर “७१ ग्राम्स” मा संग्रहित भएर यहाँहरू सामु आएको छ । आजाद ढुंगानाको पहिलो प्रस्तुती भाइब्स क्रियसन मार्फत बजारमा आएको हो । विदा, हल्का नशा, साथी, मेरो शिरको टोपी, भन्दै दिन, कसरी सजाउँ बोलका जम्मा ६ वटा गीत रहेको सो संग्रहमा कालीप्रसाद बासकोटा, दीपेन्द्र श्रेष्ठ, लक्ष्मी दाहाल, नवराज सुवेदी तथा प्याट्रिक सिट्लिङ्गको शब्दहरूमा कालीप्रसाद बासकोटा, एड्रियन प्रधान, प्याट्रिक सिट्लीङ्ग, नवराज सुवेदीको संगीत रहेको छ ।

जेड इन्टरटेन्मेन्ट र डोरेमी स्टुडियोमा स्वरांङ्कन भएको ‘७१ ग्राम’मा सुनिल वर्देवा तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । सो संग्रहबाट ‘विदा’ गीतको भिडियो समेत तयार भइसकेको छ । सो भिडियोको निर्देशन विकास सुवेदीले गरेका छन् भने छायाँकन तथा सम्पादन ब्लू ग्रेप्स इन्टरनेशनल प्रा.लि. बाट भएको छ । वि.सं. २०४४ फाल्गुन ७ गते वामदेव ढुंगाना र नारायणी ढुंगानाको परिवारमा लेखनाथ नगरपालिका वडा नं. ४, कास्कीमा जन्मिएका आजाद ढुंगानाको पहिलो गीत “साथी” रहेको थियो । सो गीत २०६६ सालमै स्वरांकन भइसकेको थियो । संगीतको कुनै औपचारिक ज्ञान नलिए पनि आजाद विगत ६ वर्ष देखि संगित साधनामा लागिरहेका छन् । उनको मेहनत र साधनाको प्रतिफल ‘७१ ग्राम’ यहाँहरू सामु आएको छ । आशा छ यो संग्रहले यहाँहरूको सांगितिक तिर्सना मेटाउनेछ ।

About the author

Artist Sansar