हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको निधन

https://artistnepal.com/

https://artistnepal.com/

"

हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा आज बिहान निधन भएको छ। मुटु रोगका कारण पेसमेकर (कृत्रिम ह्रदय गति उपकरण) जडान गरिएकी आचार्यलाई आइतबार अस्पताल भर्ना गरिएको थियो।

सोमबारदेखि उनको स्वास्थ्य झन् बिग्रिएको थियो। अवस्था चिन्ताजनक भएपछि हिजो उनलाई कृत्रिम श्वास प्रणालीमा राखिएको थियो। अमेरिकामा रहेका आफ्ना छोरा त्रिलोक नफर्कुन्जेल यो समाचारलाई सार्वजनिक नगर्न आचार्यले सञ्चारकर्मीहरुलाई अनुरोध गरेका थिए। आचार्य स्वयं पनि हिजो रक्तचापमा असन्तुलन भएर सलाइन पानीका साथ अस्पतालमा थिए।

छोरा आज बिहान काठमाडौँ आइपुगेपछि चिकित्सकहरुले उनको निधनको घोषणा गरेका हुन्।

मीरा रेडियो नेपालकी चर्चित कार्यक्रम प्रस्तोता पनि थिइन्। हरिवंशसित उनको विवाह २०४० सालमा भएको थियो।