स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २१ औं स्मृति दिवस, अम्बर गुरुङलाई स्मृति सम्मान

Written by Artist Sansar

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २१ औं स्मृति दिवसमा अधिराज्यभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ

आर्टिस्ट नेपाल । १९ मंसीर २०६८
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २१ औं स्मृति दिवसमा अधिराज्यभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोषले प्रसिद्द गायक, संगीतकार तथा गीतकार अम्बर गुरुङलाई रु २५ हजार नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।कार्यक्रममा कोषका अध्यक्ष फत्तेमान राजभण्डारी, महासचिब डा. बानिरा गिरि , संगीतकार अम्बर गुरुङ र संस्थाकी कोशाधश्य उषा शेचरणले नारायणगोपालले नेपाली गीतसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

बुवा आशागोपाल गुरुवाचार्य आमारामदेवीको कोखबाट १९९६ असार १८ गते काठमाडौंको किलागलमा जन्मनु भएका नारायणगोपालका करिब ३०० सयभन्दा धेरै गितहरु रेकर्ड भएका छन् । उहाँले स्वर र संगीत दिएका अधिकांश गीतहरु कालजयी छन् । नारायणगोपालले विक्रमसंवत २०२३ सालमा सर्बोत्तम संगीतकार, २०२४ सालमा सर्बोत्तम गायक, २०३९ सालमा रत्न रेकर्डपुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार पाउनु भएको थियो । नारायणगोपाललाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारबाट मरणोपरान्त सम्मान गरिएको थियो ।बागीना नामक पहिलो संगीत पत्रिकाका सम्पादक समेत रहनु भएका नारायण गोपाल साँस्कृतिक संस्थानका महाप्रबन्धक तथा सञ्चार मन्त्रालयका सल्लाहकार समेत हुनुहुन्थ्यो । नेपाली संगीतक्षेत्रका धरोहर नारायण गोपालको पेमला लामासँग २०२७ सालमा प्रेम विवाह भएको थियो भने २०४७ साल मंसिर १९ गते आजकै दिन उहाँको निधन भएको थियो ।

त्यस्तै आज सम्मानित हुनुहुने प्रसिद्द संगीतकार अम्बर गुरुङले हजारौं नेपाली गीतमा शब्द संगीत र स्वर भरेका छन् । गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतकोदार्जिलिङको लालढिकीमा भएको थियो । अम्बर गुरुङले ले नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामी लाईसंगीत दिएका हुन्। संगीतकार गुरुङले पाँच दशकअघि कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीले रच्नुभएको गीत ‘नौ लाख तारा उदाए’ बाट सांगीतिक प्रवेश गर्नु भएको हो ।

संगीतकार गुरुङले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो,, वि.सं. २०३८ सालमा इद्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ भने नेपाल सरकारले सैनिक गानका सङ्गीतकार एवम् गायक अम्बर गुरुङलाई मानार्थ महासेनानीबाट पनि सम्मान गरिसको छ ।

About the author

Artist Sansar