सुप्रसिद्द लोकगायिका हिरादेवी वाइवाको निधन

Written by Artist Sansar

2011-07-09
पूर्वेली ठेट लोक भाकाकी मुर्धन्य गायिका हिरादेवी वाइवाको मंगलवार राति जलेर मृत्यु भएको छ । पश्चिम बंगालको सिलिगुढीस्थित निवासमा तापिरहेको आगो कपडामा सल्केपछि जलेर घाइते भएकी उनलाई उपचारार्थ उत्तर बंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा विहान साढे ६ बजे निधन भएको हो।

घरमा एक्लै वस्दै आउनु भएको हिरादेवी वाइवाको एक छोरा र दुई छोरी जागिरको सिलसिलामा सिंगापुरमा छन्। एक्लै भएका कारण उहाँको वाँच्ने प्रयास सफल नभएको प्रहरीको अनुमान छ । आगोले उहाँको सम्पुर्ण शरीर जलेको थियो ।

वाइवाको मृत्यु खवरले आफु स्तव्ध भएको संगीतकार कर्म योन्जनले बताउनुभयो । वाइवाको निधनले नेपाली संगीत आकासमा अपुरणीय क्षँति पुगेको छ योन्जनले वताउनुभयो ।

धेरै टिपिकल लोक गित पस्किसकेकी वाइवाको आत्माको चिरशान्तिको लागि आर्टिस्टनेपाल डट कम समूह परिवार हार्दिक श्रदान्जली अर्पण गर्दछ

About the author

Artist Sansar