‘सार्क फिल्म फेस्टिबल’ मा ‘बुलबुल’ बाट स्वस्तिमाले जितिन् अवार्ड

Written by Artist Sansar

काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् । नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् ।

उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् । यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

About the author

Artist Sansar