modeling workshop in nepal

सलमान खानले सेक्युरिटी गार्डलाई थप्पड लगाइदिएपछि इन्टरेटमा भिडियो भाइरल

basic photography workshop

सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड लगाएका छन् ।

यतिबेला इन्टरेटमा यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको छ । भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई थप्पड लगाइदिएका छन् ।

भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि सलमान खानले रिसले सेक्यूरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् । सलमान खानका फ्यानले उक्त घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ । एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् ।

artistnepal-tv-ads