सम्भाबित गायक हवालको ” उर्मु “

Written by Artist Sansar

गायक हवाल नगारदेनले पहिलो साङितिक कोशेली ” उर्मु ” लाई बजारमा ल्याएका छन्….[+]

गायक हवाल नगारदेनले पहिलो साङितिक कोशेली ” उर्मु ” लाई बजारमा ल्याएका छन् । साङितिक क्षेत्रमा थुप्रै नयाँ प्रतिभाको आगमन भैरहेका बेला हावाललाई एक सम्भाबित गायकको रुपमा हेरिएको छ । “उर्मु ” एल्बममा रहेका सबै गीतमा उनको उत्तिनै मेहनत देखिएको छ । गायकी मात्र नभई यस एल्बमको संगीत सम्योजनको पाटोमा पनि उनि सशक्त ढंगमा देखिएका छन् ।

बि। सं २०६३ सालदेखी साङितिक क्षेत्रमा प्रबेश गरेका हवालले हालसम्म एक दर्जन भन्दा बढी गित गाएका छन् । आफ्नो पहिलो रेकर्डिङ गित ‘लेकको ।।’ बाट यस् क्षेत्रमा पाईला टेकेका उनले थुप्रै कलेक्सन एल्बमहरुमा स्वर दिनुका साथै संगीत भरेका छन् ।

बिभिन्न साङितिक् कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा हवालको प्रस्तुतिलाई दर्शकले अत्याधिक रुचाईरहेका कारण उनको सम्भाबना नेपाली साङितिक क्षेत्रमा बलियो रहने सहजै आँकलन गर्न सकिन्छ ।

About the author

Artist Sansar