संघर्षकै कारण आज यो अवस्थामा छु — इश्वर गुरुङ्ग

Written by Artist Sansar

साँगितिक क्षेत्रमा सानैदेखि अथाह रुचि भएका एशियन म्युजिक प्रालिका प्रमुख इश्वर गुरुङ्गले अन्ततः ब्याण्ड..[+]

आर्टिस्टनेपाल डटकम
साँगितिक क्षेत्रमा सानैदेखि अथाह रुचि भएका एशियन म्युजिक प्रालिका प्रमुख इश्वर गुरुङ्गले अन्ततः ब्याण्ड म्यानेजरको कार्यलाई निरन्तरता दिन नसकेपनि यसै क्षेत्र भित्र रहेर उल्लेखनीय काम गरिरहेका छन् । धैर्यता, लगाव र संघर्षकै कारण यो अवस्थासम्म आइपुगेको बताउने इश्वरले साँच्चै नै जिन्दगीमा धेरै आरोह अवरोहहरु पार गरेका रहेछन् । आफनो जन्मथलो पोखरामा “पञ्चासे” नामक ब्याण्डको स्थापना गरी ब्याण्ड म्यानेजरको जिम्मेवारी सम्हालेका उनले विक्रम संवत २०६१ सालमा राजधानी आइ आफनो पहिलो एल्बमका सम्पुर्ण गित रेर्कड गराए । तर सुन्दर सपना बोकी निश्चय नै राम्रो कामको कदर हुन्छ भन्ने मानसिकता बोकेका इश्वरले प्रोमोशनमा धेरै दुख झेल्न बाध्य भए ।

त्यसबेलाका चलेका म्युजिक कम्पनीले उनलाई कुनै वास्ता गरेनन् र झुटो आश्वासन दिइ झुलाई नै रहे । नयाँ प्रतिभा भएकाले मिडियामा पनि पहँुच नभएका इश्वरका अन्य साथीहरुा पाखा लागेपनि उनले भने आफनो दृढ र अठोट भने त्यागेनन् । तसर्थ राजधानीमा केही नभएपछि ब्याण्डका अन्य साथीहरु पोखरा फकिर्एपनि पोखरामा रहेका इश्वरका दाई जिबि गुरुङ्गले उनलाई थप साहस बटुल्नका निम्ति प्रोत्साहन दिएका रहेछन् । जसअनुरुप इश्वरले पुन राजधानीमा आई डिल्लीबजारमा आफनै म्युजिक कम्पनी एशियन म्युजिक सेन्टरको स्थापना गरे र उक्त कम्पनीलाई अहिलेको अवस्थासम्म पुरयाए ।

आफ्नो सरल ब्यवहार र सेवामुखी भावनाका कारण नै आफुलाई नयाँ तथा पुराना साँगितिक ब्यत्तित्वले रुचाउने गरेको उनी बताउँछन् । साँगितिक क्षेत्रको वर्तमान अवस्था धराशायी भएपनि यस क्षेत्रमा राम्रो प्रतिभाको भने संभावना रहेको जिकिर गर्छन इश्वर गुरुङ्ग । साथै यस क्षेत्रमा विशेष गरी नयाँ प्रतिभा मारमा पर्ने भएकाले आफु नयाँसँग काम गर्न इच्छुक रहेको उनको भनाइ छ ।

About the author

Artist Sansar