लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा

एजेन्सी-  लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोलीको घोषणा भएको छ । अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको हो ।

आगामी जुन १४ तारीखबाट ब्राजिलमा सुरु हुने कोपा अमेरिकाका लागि प्रशिक्षक लियोन स्कोलानीले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गराएका हुन् । टोलीमा म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो, युभेन्ट्समा फरवार्ड पाउलो डिबाला र सेरिज सेन्ट जर्मन (पिएसजी)का एन्जल डी मारिया पनि टोलीमा अटाएका छन् । तर, इन्टर मिलानका मौरो आईकार्डीले भने टोलीमा स्थान बनाउन सकेनन् ।

समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्बिया, पाराग्वे र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनी टिम

गोलरक्षक : फ्रान्को अरमानी, स्टेबन एन्ड्राडा, अगस्टिन

डिफेन्डर : रेनजो साराभिया, मिल्टन केस्को, जर्मन पजेला, निकोलस ओटामिन्डी, रामिरो फुन्स मोरी, निकोलस ट्यागलिफिगो, जुआउन फायथ

मिडफिल्डर : मार्कोस एकुना, लियन्ड्रो पार्स, जियोवनी एलओ सेलो, एक्सपीसिएल पालासिओस, गुईडो रोड्रिगेज, रोबर्टो पेरेरा, रोड्रिगो डे पाउल, एन्जल डि मारिया, पाउलो डिबाला

फरवार्ड : लियोनल मेस्सी, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज, सर्जियो अग्युरो

About the author

Artist Sansar