modeling workshop in nepal

लिभिङ टूगेदरमा सौगात र ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ

basic photography workshop

नायक सौगात मल्ल सिने क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । सबैलाई थाहा भएको कुरा उनीहरु अहिले एक अर्काको प्रेममा खुबै रमाइरहेका छन् । उनीहरु प्रेममा रमाएको ३ बर्ष बढी भयो ।

नायिका श्रृष्टी श्रेष्ठले सौगात मल्ल आफूलाई मनपर्ने हिरो भनेर ‘गाजलु’ चलचित्र चल्दा इन्टरभ्यू दिएकी थिइन् । यसपछि, यी दुई नजिक भएका थिए । सौगात मल्लले चलचित्र क्षेत्रमा एउटा स्थान बनाइसकेका बेला श्रृष्टी ’गाजलु’ मार्फत् चलचित्र क्षेत्रमा डेब्युको तयारीमा थिइन् । त्यो समय अन्तरवार्ता दिदै गर्दा श्रृष्टीले सौगातसँग डेटमा जाने इच्छा राखेकी थिइन् । भगवानले ‘तिमी माग, म पुर्याइदिन्छु’ भन्छन् भनिन्छ । सायद, श्रृष्टीका लागि सौगातको हकमा यही कुरा लागू भएको छ ।

दुवै जनालाई एउटै चलचित्रबाट अफर आयो । त्यो समय सौगातले श्रृष्टीलाई राम्रोसँग चिन्दैन थिए । सो चलचित्रको सिलसिलामा उनीहरुको भेट भएको थियो । तर, उनीहरुले काम गर्ने भनेको चलचित्र नबन्ने भयो । सौगात र श्रृष्टीको कुराकानी हुन छोड्यो ।

भेट भएको २ वर्षपछि श्रृष्टीले ‘ह्याम्लेट’ नामक नाटकमा अभिनय गरेकी थिइन् । उक्त नाटक हेर्न सौगात नाटकघरसम्म पुगे । नाटक हेरेपछि सौगात पनि श्रृष्टीको फ्यान भएर फर्किए । उक्त नाटकपछि सौगात र श्रृष्टीको कुराकानी सुरु भयो । फोनमा कुरा हुँदै गयो । श्रृष्टीको नाटकको मञ्चन सकिएको थिएन, सौगात र श्रृष्टीविच प्रेमको कोपिला फक्रिसकेको थियो ।

सौगात र श्रृष्टी चलचित्र हेर्न कुमारी हल पुगेको खबर मिडियामा भाइरल भयो । दुबै जना प्रेम लुकाउने सोचमा थिएनन् । थाहा हुने कुरा लुकाएर राख्न उनीहरु चाहदैनथ्यँ । यसरी सुरु भएको प्रेमकहानी अन्तत श्रृष्टी र सौगात अहिले लिभिङ टूगेदरमा रमाई रहेका छन् । उनीहरुको परिवारबाट आएको बिहेको दबाब उनीहरुले थेगिरहेका छन् । तर, तत्काल बिहे गर्ने योजनामा छैनन् ।

artistnepal-tv-ads