रेनशा वान्तवा राई र प्रज्ज्वलको प्रेम सम्बन्ध वैवाहिक जीवनमा रुपान्तरण गर्दै

Written by Artist Sansar

निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते दाम्पत्यमा रुपान्तरण गर्दैछन् । दशकअघि फिल्म ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । लगनगाँठो कस्नुभन्दा अगाडि दुईले आइतबार भव्य समारोहका बीच औँठी साटेका छन् ।

आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा उनीहरुको टिकाटालो भएको हो । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । विवाहपछि पनि फिल्म निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् ।

About the author

Artist Sansar