म्युजिक भिडियो युनिट माथि हातपात/ निर्देशक घाईते

Written by Artist Sansar

ललितपुर को चापागाउँ स्थित झोलुंगेपुल आसपासमा गायक युबराज चौलागाईंको नयाँ गितको म्युजिक भिडियोको शुट गरेर फर्किएको टोलि माथि सांघातिक आक्रमण भएको छ ।

(उक्त म्युजिक भिडियोको एक दृश्यमा निर्देशक राजिव गुरुङ , क्यामराम्यान ज्ञानेन्द्र शर्मा कलाकार बेनिशा हमाल र अन्य कलाकार)

आर्टिस्ट नेपाल। २०६८ पौष १०, आईतवार

ललितपुर को चापागाउँ स्थित झोलुंगेपुल आसपासमा गायक युबराज चौलागाईंको नयाँ गितको म्युजिक भिडियोको शुट गरेर फर्किएको टोलि माथि सांघातिक आक्रमण भएको छ ।शनिबार साँझ सात बजे तिर कच्ची उकालो बाटोमा गाडी चड्न नसके पछी सबै क्रियु मिलेर उक्त गाडी धकेल्न लागेका थिए । तर टायर स्लिप भएर टायरले फालेको ढुंगा आफुँलाई लागेको निहु पारेर स्थानीय युवा क्लवका सदस्य भन्दै आएका युवाहरुले निर्देशक माथि हात पात गरेका छन् । निर्देशक राजिव गुरुङको दुई टाँका लगाउने गरी घाइते भएका छन् भने उनीहरुलाई सम्झाउन खोज्दा उनित माथि पनि हात पात गरिएको छ ।

सुटिंग भैरहेको समयमा पनि मादक पदार्थ सेबन गरेर आएका उक्त समुहले आफु ने बि संघको संदस्य भएको र आफ्नो क्लबलाई आर्थिक सहयोग गर्न दबाब दिंदै आएक थिए भने भिडियो का दुई नायिका बेनिशा हमाल र सुर्जनी केसी संग मोबाइल नम्बर मागेर हैरान परेका थिए ।

उक्त घटनाको सम्पूर्ण जानकारीहरु चापागाउँ स्थित स्थानीय प्रहरी प्रशासनमा दिइसकेको छ । उक्त भिडियोका निर्देशक न्युज २४ मा कार्यरत हुन्। दुई प्रेमिका र एक प्रेमीको कथामा आधारित उक्त भिडियोमा बेनिशा हमाल र सुर्जनी केसीले अभिनय गरेका छन् ।

About the author

Artist Sansar