मोडेल सम्पदाले निराजनलाई पिउने बानी लगाएपछी

उक्त भिडियोमा नेपालको चर्चित मोडलहरु निराजन प्रधान र सम्पदा बानियाको अभिनय देख्न पाईनेछ…[+]

आर्टिस्ट नेपाल

ढकाल द्रदर्सको नामले अमेरिकामा नेपालीमाझ चर्चित हुदै गएका गायकहरु मनोज ढकालको नेपालमा पनि चर्चा चल्ने क्रमको सुरुवात भएको छ । उनको प्रथम एल्बम “डिस्टेन्स”बाट कृष्ण ढकालको स्वरमा रहेको पिउदिन बोलको गितको भिडियोको सुटिङ नेपालमा सम्पन्न भएको छ । सञ्चारकर्मि तथा भिडियो डाइरेक्टर मोहन राज अधिकारिको स्कृप्टमा सुटिङ भएको उक्त भिडियोमा नेपालको चर्चित मोडलहरु निराजन प्रधान र सम्पदा बानियाको अभिनय देख्न पाईनेछ ।
उक्त भिडियोलाई चर्चित छायाँकार अमृत सुनुवारले छायाकंन गरेका हुन् भने भिडियोको पोस्ट प्रोडक्सन आर्टिस्ट नेपाल प्रोडक्सनमा एडिटर माधव बेल्बासेले गरिरहेका छन । उक्त भिडियोबाट डाइरेक्टर मोहनराज अधिकारी र गायक कृष्ण ढकाल आशावादि रहेका छन् । पिउदिन थिए म को भिडियो छिटै नेपालका विभिन्न टेलिभिजन च्यानलबाट रिलिज हुनेकुरा डाइरेक्टर मोहनराज अधिकारि बताउछन् । निर्देशक अधिकारीका दर्जनौ भिडियो लोकप्रिय छन ।

About the author

Artist Sansar